दफा
अध्यक्ष तथा सदस्यको अयोग्यता

७. अध्यक्ष तथा सदस्यको अयोग्यता

(१) देहायको व्यक्ति अध्यक्ष वा सदस्यको पदमा नियुक्त हुन योग्य मानिने छैन ः –
(क) गैर नेपाली नागरिक,
(ख) पँैतीस वर्ष उमेर पूरा नभएको र पैंसठ्ठी वर्ष उमेर पूरा भएको,
(ग) राजनीतिक दलको सदस्य रहेको,
(घ) मानसिक सन्तुलन बिग्रेको वा बहुलाएको,
(ङ) साहुको ऋण तिर्न नसकी प्रचलित कानून बमोजिम दामासाहीमा परेको,
(च) नियतवस बैंकको ऋण नतिरी प्रचलित कानून बमोजिम कालो सूचीमा परेको वा
(छ) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर भएको ।
(२) उपदफा (१) को खण्ड (ग), (ङ), (च) र (छ) अध्यक्ष तथा सदस्य पदमा नियुक्त हुने व्यक्ति स्वयंले लिखित रुपमा प्रमाणित गर्नु पर्नेछ ।